जिम बाहिर देखिइन् रिया, पहिला सुशान्तसँगै जान्थिन्

काठमाडौं । बलिउड अभिनेत्री रिया चक्रवर्ती र उनका भाई शोविक सोमवार मुम्बईमा जिम बाहिर देखिए । उनीहरुले जिमको कपडा लगाएका थिए ।

रिया आफ्ना दिवंगत ब्वाईफ्रेण्ड अभिनेता सुशान्त सिंह राजपूतसँग पहिला यहि जिममा जान्थिन् । हालै मात्र रिया र उनका भाई शोविकलाई घर खोज्दै गरेको देखिएको थियो ।

जिमबाट बाहिर निस्किँदा जब उनलाई मिडियाले पच्छ्याए, तब उनले भनिन् ‘एक्सक्यूज मी,’ तर भाई शोविकले हात हल्लाएर गाडीमा चढेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?