म्यानमार : तीन दिनदेखि सेनाको ठूलो मूभमेण्ट भइरहेको थियो, सेनाले राती दुई बजे सत्ता कब्जा गर्यो

काठमाडौं । म्यानमारको मिलिट्रीले आईतवार राती २ बजे सत्ता आफ्नो कब्जामा लियो । देशमा गत १० वर्षदेखि लोकतान्त्रिक सरकार थियो । यो भन्दा पहिला २०११ सम्म त्यहाँ सैन्य शासन नै थियो ।

मिलिट्रीले सत्ता कब्जा गर्दा कसैको मृत्यु खबर त आएन तर देशमा ४८ वर्षसम्म सैन्य शासन झेलेका जनता दुखी बने । लोकप्रिय नेता, स्टेट काउन्सलर आङ सान सूकी र प्रेसिडेन्ट विन मिन्टसमेत केहि नेताहरुलाई मिलिट्रीले पक्राउ गरेर हिरासतमा लियो । म्यान्मारमा गत तीन दिनमा सेनाको वृहत मूभमेण्ट चलिरहेको थियो ।

यसलाई लिएर मिलिट्रीले केहि ठूलो कदम उठाउन सक्ने आशंका गरिएको थियो । सत्ता कब्जा गरेपछि सेनाले देशमा एक वर्षको लागि संकटकाल लगायो । अहिले सत्ता पूर्ण रुपमा सेनाको हातमा छ ।

विश्वका केहि देशहरुले यसको निन्दा गरेका छन् । नेपालले पनि त्यहाँको अवस्थामा चिन्ता प्रकट गरेको छ । बिहान जब मानिस निन्द्राबाट उठे तब पत्ता लाग्यो कि सेनाले सत्ता कब्जा गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?