प्रधानमन्त्री ओलीले भने- ‘प्राविधिक कारणले बत्ती गएको हो, लोडसेडिङ भएको होइन’ !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षदेखि विद्युत किन्नु नपर्ने स्थिति बन्ने बताएका छन् ।

सोमवार प्रधानमन्त्री ओलीले नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न नेपालको पहिलो ४०० के.भी. सवस्टेशन र विश्व बैंकको ऋणमा नेपाल सरकार र नेपाल विद्यु प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न २२०/१३२ के.भी. ढल्केबर सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्षदेखि विद्युत किन्नु नपर्ने स्थिति बन्ने बताएका हुन् । उनले भारत र बंगलादेशलाई विद्युत बेच्नका लागि गम्भिर छलफल चलाइरहेको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले प्राविधिक कारण कहिलेकाहीँ बिद्युत जाने भएपनि लोडसेडिङ नभएको पनि बताए । प्राविधिक समस्या समाधानका निम्ति सबस्टेशनहरु बनिरहेको पनि जानकारी दिए । उद्योगधन्दा, कलकारखाना र व्यवसाय सञ्चालनका निम्ति आवश्यक जति बिद्युत पनि उपलब्ध गराउने उनको भनाई छ ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको आगामी चुनौती सामना गर्न विद्युत उत्पादन हुँदै गरेको बताए । टनकपुर, बुटवल र अन्य क्षेत्रबाट पनि भारतसँग विद्युत अयात र निर्यातको काम गर्ने उनको भनाई छ । त्यसैगरी चीन र बंगलादेश सँगपनि आयात निर्यात गर्ने उनले बताए । जिर्ण ट्रान्समिशन लाइन सुधार गर्दै अत्याधुनिक ट्रान्समिसन लाईन विकास गरी देशभित्रको ऊर्जा वितरणलाई प्रभावकारी बनाइने उनको भनाई छ ।

देशमा एक सेकेन्ड पनि बिद्युत नजाने व्यवस्थाको लागि राज्य लाग्ने मन्त्री रायमाझीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?