काठमाडौं । ज्ञानेन्द्र शाहीको समूहले भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार गरेको छ ।
सोमवार ज्ञानेन्द्र शाहीको नेतृत्वमा गएको टोलीले भेरी अस्पतालका विषयमा अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाको कार्यकक्षमा दोहोरो संम्बाद भएको थियो ।
सोही समूहका शिव सुवेदीसहित ८/१० जनाको समूहले ड्यूटीमा रहेका चिकित्सक तथा नर्सहरुलाई गालीगलौज तथा लछारपछार गरेको अस्पताल विकास समितिले जनाएको छ ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीको समूहमा आएका ८/१० जनाको समूहले अस्पतालमा हुलहुज्जत गरी ड्यूटीमा रहेका डा विपिन आचार्य, अ.न.मी देवा जिसी, अ.न.मी कम्मु पौडेल तथा स्टाफ नर्स पार्वती आचार्यमाथि गालीगलौज तथा छलार पछार गरेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया