काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको विवादास्पद टिप्पणी पश्चात चौतर्फी आलोचना भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीप्रति महिला हिंसा हुने खालको अभिव्यक्ति दिएपछि नेतृ झाँक्रीको आलोचना भएको हो ।
नेतृ झाँक्रीको नाम उल्लेख नगरी मानवअधिकारकर्मी मोहना अन्सारीले ‘महिलाको चरित्रहत्या गरी राजनीति गर्ने कुनै पनि न महिला न पुरुष मेरो लागि प्रिय हुन सक्दैन, यस्ता व्यक्ति समाजका लागि विषालु र घातक हुन्छन्’, भन्दै राष्ट्रपति भण्डारीप्रति गरिएको टिप्पणीको आलोचना गरेकी छन् ।
मानवअधिकारका लागि महिला, एकल महिला समूहकी संयोजक तथा मानवअधिकारकर्मी लिली थापाले सो अभिव्यक्ति प्रति लक्षित गर्दै ‘सेतो सारी लगाउने एकल महिला कत्ति शक्तिशाली र सम्पूर्ण जिम्मेवारी बहन गर्न सक्छन भन्ने कुरा मनन गर्न म ति युवा नेता जसले राजनीति प्रतिशोधको कारण एउटा राष्ट्रप्रमुखमाथि आरोप प्रत्यारोप गरिरहेकी छिन्, उहाँलाई एउटा एकल महिलाको घरमा उनको दिनचर्यालाई नजिकबाट हेर्न अनुरोध गर्दछु,’ भन्दै झाँक्रीले टिप्पणी गरेकी छिन् ।
एकल महिलालाई रातो सारी अभियानको नेतृत्व गर्दै आएकी थापाले स्वतन्त्रताको नाममा झाक्रीले छुद्र टिप्पणी गरेको आरोप लगाएकी छिन् । साथै उनले थपेकी छिन् ‘स्वतन्त्रताको परिभाषाभित्र व्यक्तिगत चरित्रहत्या तथा आक्षेप स्वीकार हुदैन भन्ने कुरा यहाँलाई त्यतिपनि थाहा छैन होला जस्तो लागेको थिएन ।’
‘स्वतन्त्रताको परिभाषाभित्र व्यक्तिगत चरित्रहत्या तथा आक्षेप स्वीकार हुदैन भन्ने कुरा यहाँलाई त्यतिपनि थाहा छैन होला जस्तो लागेको थिएन । राष्ट्रप्रमुख जस्तो व्यक्तिलाई त एकल महिला भएकै कारण पटकपटक यस्ता आक्षेप लाग्छन् भने अन्य साधारण एकल महिलाको कस्तो अवस्था होला अनुमान गरौँ’,उनले भनिन् ।
पत्रकार तथा महिला अधिकारकर्मी बबिता बस्नेत झाँक्रीको राजनीतिक संस्कार देखाउनु पर्ने भन्दै सचेत गराएकी छिन् । उनले ‘अहिले सामाजिक सञ्जालमा दुई कुराको चर्चा छ– श्री ५ को सरकार र बडामहारानी, श्री ५ झुक्किएर बोलिएको हो र बडामहारानी नियतबस,’ बस्नेतले टिप्पणी गरेकी छिन, ‘उहाँ (झाँक्री) नै हो त ? भनेर धेरै पटक दोहोर्याएर हेरे, सेतो सारी देखि कोटेश्वर, चाबहिल, वानेश्वर हुँदै बालकोटसम्मका शब्द बोल्ने मान्छेको राजनीतिक संस्कार देखिएन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया