काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
बुधवार साँझ ५ बजेका लागि बोलाईको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो ।
मंगलवार एक सूचना जारी गर्दै परिषद् सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी गराइएको हो । ‘मिति २०७७ माघ २१ गते बुधबार बेलुकी ५ बजेलाई बोलाइएको संवैधानिक परिषद् बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ’ । जारी सूचनामा भनिएको छ ।
आइतवार सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्ले गरेको सिफारिसको पत्र फिर्ता गरिदिएका थिए ।
परिषद्ले गत मंसिर ३० गते अध्यादेश मार्फत मंसिरमा परिषद्ले अख्तियारलगायत संवैधानिक निकायमा ४५ जनालाई नियुक्ति सिफारिस गरेको थियो ।
संसद विघटन भएका बेला कुनैपनि संवैधानिक नियुक्तीहरु नहुने भन्दै सभामुख सापकोटाले सिफारिस फिर्ता गरिदिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया