आङ सान सूकीलाई जेलमा राखेर म्यानमारको सत्ता कब्जा गर्ने सेना प्रमुखको कहानी

काठमाडौं । म्यान्मारमा सत्तारुढ दल पार्टी नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) का प्रमुख नेताहरु पक्राउ र सत्ता कब्जा गरेपछि सबैको नजर सेना प्रमुख सीनियर जनरल मिन आङ लाइङमा गएको छ ।

म्यान्मारमा सत्ता कब्जा गरेपछि सेनाले मिन आङ लाइङलाई सत्ता सुम्पिएको छ । म्यान्मारको सेनाले सत्ता हत्याएको केहि घण्टापछि एक बयान जारी गर्दै जनरल मिन आङ लाइङले नै अब विधायक, प्रशासन र न्यायपालिकाको जिम्मेवारी सम्हाल्ने बताएको थियो ।

myanmar coup

म्यान्मारको सेना कति शक्तिशाली छ ?

म्यान्मारको राजनीतिमा सेनाको दबाव सधैँ छ । वर्ष १९६२ मा सत्ता कब्जा गरेपछि सेनाले देशमा करिव ५० वर्षसम्म प्रत्यक्ष रुपमा शासन गर्यो । म्यान्मारमा लोकतान्त्रिक व्यवस्थाको माग तीव्र हुन थाल्यो र २००८ मा सेनाले नै नयाँ संविधान ल्यायो ।

myanmar coup

नयाँ संविधानमा लोकतान्त्रिक सरकार र विपक्षी दलका नेतालाई स्थान दिइयो । तर सेनाको स्वायत्तता र वर्चश्व रहि रह्यो । नयाँ चार्टरको रुपमा सेना प्रमुखलाई आफ्नो मानिसलाई नियुक्ति गर्ने र सेन्य मामिलामा अन्तिम निर्णय गर्ने अधिकार दियो । सहज शब्दमा भन सेना प्रमुखलाई कुनै पनि रुपमा जवाफदेही बनाइएन ।

म्यान्मारको लोकतान्त्रिक सरकार कुनै पनि कानूनलाई ल्याउन सक्थ्यो तर यसलाई लागू गर्ने शक्ति सेना प्रमुखलाई मात्र थियो । पुलिस, सीमा सुरक्षा बल र प्रशासनिक विभाग सबैको नियन्त्रण सेना प्रमुखसँगै राखियो ।

myanmar coup

सेना प्रमुख कुनै पनि संवैधानिक परिवर्तनमा भीटो गर्ने अधिकार राख्छ । यो बाहेक सेना प्रमुख कुनै पनि सरकारलाई आफ्नो कब्जामा राख्ने हैसियत राख्छ । साथै सेनाले देशका दुई ठूला कम्पनीलाई पनि आफूसँगै राख्छ ।

यी कम्पनीको मदिरा, तम्बाकू, इन्धन र काठसमेत केहि महत्वपूर्ण क्षेत्रको एकाधिकार छ ।

६४ वर्षका लाइङले पढेका छन् कानून

संविधानले दिएको शक्तिको प्रयोग गर्दै म्यान्मारको सेनाले सोमवार आङ सान सूकीसमेत सत्ताधारी पार्टी एनएलडीका तमाम नेताहरुलाई पक्राउ गर्यो । र सत्ता आफ्नो कब्जामा लियो ।

myanmar coup

सत्ता कब्जामा लिने जनरल मिन आङ लाइङ ६४ वर्षका भए । उनले १९७२ ७४ सम्म यंगून यूनिभर्सिटीमा कानून पढेका छन् । पढाईका बेला म्यान्मारमा राजनीतिमा सुधारको लडाईं जारी थियो । तर उनका एक क्लासमेटले रोयटसृ एजेन्सीसँग कुराकानीमा भनेका थिए कि, लाइङ धेरै बोल्दैन थिए, र धेरै लो प्रोफाइल रहन्थे ।

तेश्रो प्रयासमा फिेन्स एकेडेमीमा भर्ना

जब उनका साथी प्रदर्शनमा भाग लिइरहेका थिए । त्यो बेला आङ लाइङ मिलिट्री यूनिभर्सिटी डिफेन्स सर्भिसिज एकेडमी (डीएसए) मा भर्नाका लागि प्रयास गरिरहेका थिए ।

१९७४ मा तेश्रो पटकको प्रयासमा गएर उनी भर्ना भए ।

myanmar coup

एकेडमीमा उनीसँगै पढेका एक छात्रले रायटर्ससँग भने, ‘लाइङ एक सामान्य किसिमका म्याडेट थिए, उनी धेरै स्लो गतिमा अध्ययन गर्दथे, उनीसँगै मिडिल र्यांक्सबाट म्यान्मारको सेना प्रमुख बन्ने यात्रामा अनौठो कहानी छ ।’

मिन आङ लाइङ ३० मार्च २०११ मा सेना प्रमुख बनेका थिए । यो बेला म्यान्मारमा लोकतन्त्रको लागि महत्वपूर्ण कदम उठाईंदे थियो ।

उनी सेनामा आएपछि धेरै समय म्यान्मारको पूर्वी सीमामा विद्रोहीहरुसँग लडाईं गरे । उनले त्यो बेला धेरै समय त्यहिँ बिताए । यो क्षेत्र म्यान्मारको अल्पसंख्यकको उत्पीडनको लागि जानिन्छ ।

hailang

२००९ मा मिन आङले म्यान्मार चीन सीमामा कोकांग विशेष क्षेत्रमा सशस्त्र गुटविरुद्ध जो अपरेशन चलाए । त्यसबाट उनी चर्चामा आए । लाइङले मात्र एक हप्तामा यो अपरेशन सफलतापूर्वक सके । र त्यसक्षेत्रबाट विद्रोहीलाई लखेटे ।

यो अपरेशनपछि ३० हजार मानिसले भाग्दै चीनसँग शरण लिएका थिए । यो अपरेशनपछि कोकांगको व्यापारिक मार्ग पनि खुल्यो ।

myanmar coup

यंगूनका रानीतिज्ञहरु भन्छन्, ‘२०१६ मा जब आङ सान सूकीको पहिलो कार्यकाल शुरु भयो, तबसम्म आङ लाइङले साधारण सैनिकबाट एक राजनेता र लोकप्रिय व्यक्तिमा आफूलाई रुपान्तरित गरिसकेका थिए ।’

सारा विश्वका नेताले उनले म्यान्मारको राजनीतिमा सेनाको सहयोगले पूर्ण लोकतन्त्रको स्थापना गर्ने आशा राखेका थिए । तर यस्तो भएन ।

२०१५ मा आम चुनावभन्दा ठीक पहिला बीबीसीलाई दिएको एक अन्तर्वार्ता का क्रममा उनले म्यान्मारको राजनीतिमा सेनाको सक्रिय भूमिकाको वकालत गरेका थिए । उनले भनेका थिए, ‘पूर्ण रुपमा आम नागरिकले चुनेको सरकारका लागि कुनै टाइमलाइन रहने छैन । यसमा पाँच वर्षको वक्त पनि लाग्न सक्छ र १० वर्ष पनि ।’ म निश्चित रुपमा केहि भन्न सक्दिन ।’

laing

म्यान्मारका सेना प्रमुखले कहिल्यै यस कुराको संकेत दिएनन् कि, ‘उनी संसदमा सेनाका २५ प्रतिशतको आरक्षित कोटा छोड्नेछन् । वा फेरि संविधानको त्यो अनुच्छेदमा कुनै परिवर्तन गर्नेछ, जसले सूकीलाई राष्ट्रपति बन्नबाट रोक्छ ।’

आङ लाइङले फेब्रुअरी २०१६ मा आफ्नो कार्यकालको पाँच वर्षका लागि बढाइएको थियो । लाइङले फेसबुक र सोसल मिडिया अकाउण्टको माध्यमबाट बिस्तारै बिस्तारै आफ्नो लोकप्रियता बढाए ।

myanmar coup

विभिन्न देशका प्रतिनिधिलाई भेट्न र बौद्ध मठको भ्रमण होस् उनले सबैको प्रचार गरे । उनको फेसबुक प्रोफाइलमा लाखौँको संख्यामा फलोअर्स थिए । तर २०१७ मा रोहिंग्या मुस्लिम अल्पसंख्यकको विरुद्ध कारबाहीका कारण उनको अकाउण्टमा प्रतिबन्ध लगाइयो । लाइङ रोहिंग्या अल्पसंख्यकहरुकोविरुद्ध आफ्नो अभियानका कारण सारा विश्वमा कुख्यात भए ।

म्यान्मारमा २०१७ मा लाइङको नेतृत्वमा भएको सैन्य अभियानको कारण करीव सात लाख रोहिंग्इा मुसलमान छिमेकी देश बंगलादेशमा भाग्न बाध्य भए ।

myanmar coup

संयुक्त राष्ट्रसंघका जाँचकर्ताहरुले म्यान्मारका सेनाले नस्लीय नरसंहारको बाटो अपनाएको र सामूहिक हत्या र सामूहिक बलात्कार जस्ता घटनालाई अन्जाम दिएको पत्ता लगायो । तर लाइङले म्यान्मारको अन्तिम समस्याको मूल्यांकन विश्वले गलत तरिकाले गरेको बताए ।

अमेरिकाले यसको जवाफमा २०१९ मा मिन आङ लाइङ र सेनाका तीन अन्य नेताहरुमाथि प्रतिबन्ध लगायो । अमेरिका बाहेक बेलायतले पनि मिन लाइङमाथि प्रतिबनध लगाएको थियो । जनरल मिन आङ लाइङको विरुद्धमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलिरहेको छ ।

myanmar coup

२०१९ मा नै संयुक्त राष्ट्रसंघका जाँचकर्ताले संसारभरका नेताहरुलाई म्यान्मारको सेना सम्बन्धित कम्पनीहरुसँग आर्थिक प्रतिबन्ध लगाउन अपील गरेको थियो ।

म्यानमारमा सैनिक शासन लागूः चुनावदेखि भाँडिएको थियो माहोल, भएको के हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?