आधिकारिकता दाबी गर्न प्रचण्ड-नेपाल पक्ष निर्वाचन आयोगमा, तस्वीरमा जे देखियो

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षले निर्वाचन आयोगमा पुगेर आधिकारिकता दाबी पेस गरेको छ ।

आधिकारिकता दाबी गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु मंगलवार बिहान निर्वाचन आयोग पुगेका थिए ।

निर्वाचन आयोग पुगेको प्रचण्ड-नेपाल पक्षले राजनीतिक दल सम्बन्धीको दफा ४४ लाई आधार मानेर आफूहरुले पार्टीको आधिकारिताको दाबी पेस गरेको सञ्चारकर्मीहरुसँग बोल्दै नेकपाका नेता लिलामणी पोखरेलले बताए ।

आफूलाई नै आधिकारिकता दाबी गर्न अध्यक्षद्वय प्रचण्ड र नेपालसहित मंगलवार आयोग पुगेको नेकपाको उक्त समूहले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षर समेत बुझाएको छ ।

तस्वीरहरु हेर्नुहोस् : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?