निर्वाचन आयोग पुगेर प्रचण्ड-नेपाल समूहले दाबी गर्‍यो आधिकारिकता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षले निर्वाचन आयोगमा पुगेर आधिकारिकता दाबी गरेको छ ।

मंगलवार बिहान आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेको प्रचण्ड-नेपाल पक्षले राजनीतिक दल सम्बन्धीको दफा ४४ लाई आधार मानेर आफूहरुले पार्टीको आधिकारिताको दाबी सञ्चारकर्मीहरुसँग बोल्दै नेकपाका नेता लिलामणी पोखरेलले बताए ।

आफूलाई नै आधिकारिकता दाबी गर्न अध्यक्षद्वय प्रचण्ड र नेपालसहित मंगलवार आयोग पुगेको नेकपाको उक्त समूहले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षर समेत बुझाएको छ ।

पहिलेको ४४१ केन्द्रीय सदस्यहरु भएकोमा अन्य नेताहरु आइपुग्न समय लागेका कारण हतारमा केन्द्रीय समितिको बैठक बोलाई २७५ जनाको मात्रै हस्ताक्षर बुझाएको सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका नेता पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?