अमेरिकामा अहिलेसम्म कति जनाले लगाए कोरोना भ्याक्सिन ?

काठमाडौं । अमेरिकामा अहिलेसम्म २ करोड ६० लााख भन्दा मानिसले कोरोना भ्याक्सिन लगाइसकेका छन् ।

यसमा ५० लाख मानिसले भ्याक्सिनको दोश्रो डोज लिएका छन् ।

भ्याक्सिनेशनको लागि अमेरिका पहिलो नम्बरमा रहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट ग्रस्त रहेको अमेरिकामा हालसम्म ४ लाख ५४ हजार २१३ जनाको मृत्यु भइसकेको छ भने २ करोड ६९ लाख ११ हजार ३७५ जनालाई कोरोना संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?