प्रचण्ड-नेपाल पक्ष पुगे निर्वाचन आयोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्ष आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका छन् ।

सोमवार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार केहीबेर अघि आधिकारिकता दाबी गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

नेकपाको ओली र दाहाल(नेपाल दुवै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेखेका थिए । तर आयोगले दुबै पक्षको आग्रह अस्वीकार गर्दै कानुनीरुपमा नेकपा एक रहेको जनाएको थियो ।

आयोगले दुबै पक्षको आग्रह अस्वीकार गरेपछि दाहाल(नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै नेकपाको दुबै समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

आयोगले निर्वाचन प्रयोजनका लागि दुवै पक्षलाई माघ १८ गते आयोगमा बोलाएको थियो । तर प्रचण्ड(नेपाल पक्षले १८ गते उपस्थित हुन नसक्ने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?