भ्याक्सिन ट्रायलमा गडबडी : १५ सय भ्यालेन्टियर्सलाई भ्याक्सिनको गलत डोज

काठमाडौं । अक्सफोर्डविरुद्ध कोरोना भ्याक्सिनको टयलमा गडबडी भएको आरोप लागेको छ ।

न्यूज एजेन्सी रायटर्सले यसको जानकारी दिएको हो । रिपोर्टका अनुसार शुरुवाती ट्रायलमा सामेल भएका १ हजार ५०० भ्यालेन्टियर्सलाई भ्याक्सिनको गलत डोज दिएको थियो ।

उनीहरुलाई यसको बारेमा बताइएको थिएन ।

ट्रायलका चीफ इन्भेष्टिगेटर र अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर एण्ड्रयू जे पोलार्डको एक लेटरबाट यसको खुलासा भएको हो । तर अक्सफोर्डले गल्ती स्वीकार्न अस्वीकार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?