काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री मणि थापाले नख्खु कारागारको खानेपानीको अवस्थाबारे जानकारी लिएका छन् ।
मन्त्री थापा मंगलवार बिहान नख्खु कारागार पुगेर त्यहाँको खानेपानीको अवस्था बुझेको उनको सचिवालयले जनाएको छ ।
खानेपानी तथा सरसफाईको अवस्थाबारे जानकारी लिने क्रममा मन्त्री थापाले कारागारका कैदीबन्दीहरुसँग भेट गरी खानेपानी र सरसफाईको अवस्थाबारे जानकारी समेत लिएका छन् ।

भेटघाटको क्रममा मन्त्री थापाले जेलमा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँग भेट गरेका छन् ।
विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने चर्चा चलिरहेको बेला मन्त्री थापा र ओलीबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया