काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले बुधवार (भोलि) बिहान ९ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आइतवार (माघ १८) गते परिषद्ले निर्वाचन आयोग, अख्तियार र मानवअधिकार आयोग लगायत संवैधानिक निकायहरुमा गरिएको नियुक्ती विवादास्पद रहेको भन्दै फिर्ता गरिदिएका थिए । सभामुखले सिफारिस फिर्ता गरेको दुई दिनपश्चात प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।
गत मंसिर ३० गते परिषद्ले अख्तियार लगायत संवैधानिक निकायहरुमा रिक्त ४५ पदहरुमा नियुक्ती गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया