काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूह आज आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएको छ । सोमवार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आज मध्याह्न आधिकारिकता दाबी गर्न आयोगको कार्यालय जान लागेको सो समूहका एक नेताले जानकारी दिए ।
नेकपाको ओली र दाहाल-नेपाल दुबै समूहले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेखेका थिए । तर आयोगले दुबै पक्षको आग्रह अस्वीकार गर्दै कानुनीरुपमा नेकपा एक रहेको जनाएको थियो ।
आयोगले दुबै पक्षको आग्रह अस्वीकार गरेपछि दाहाल-नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै नेकपाको दुबै समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया