काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले आज मंगलवार खेलाडी, प्रशिक्षक र खेलकर्मीसँग अन्तरक्रिया गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यक्रममा सहभागि हुँदै प्रधानमन्त्री ओलीले खेलकर्मीसँग अन्तरक्रिया गर्न लागेका हुन् ।
राखेपले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजे ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, विभिन्न खेलका प्रशिक्षक, विभिन्न सङ्घ संस्थाका पदाधिकारी, कर्मचारीलगायतको उपस्थिति रहनेछ। प्रधानमन्त्री ओलीले नेपाली खेलकुदका बारेमा जानकारी लिने र आवश्यक निर्देशन दिने राखेपले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया