बीमा समितिको अध्यक्षमा पूर्वसचिव सिलवाल नियुक्त

काठमाडौँ । बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् मन्त्रीपरिषद्को सोमवार साँझ बसेको बैठकले सिलवाललाई बीमा समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

अध्यक्ष पदका लागि अर्थमन्त्री बिष्णु पौडेलले सिलवालसहित तीन जनाको नाम मन्त्रीपरिषद‍्मा सिफारिस गरेका थिए । ३ जनामध्येबाट सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो । सिलवालले उद्योग मन्त्रालय र गृह मन्त्रालयको सचिवमा रहेर समेत काम गरिसकेका छन् ।

गत पुस अन्तिम साता चिरन्जीवी चापागाईंको कार्यकाल पूरा भएयता समितिको अध्यक्ष पद रिक्त थियो । नव नियुक्त अध्यक्ष सिलवालको कार्यकाल ४ वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?