काठमाडौं – नेपाली सेनाका बख्तरबन्द सवारीसाधन सोमवार राति सडकमा निस्किएका छन्। सेनाले नियमित अभ्यासअनुसार सेनाका १० बख्तरबन्द गाडी काठमाडौंको चक्रपथ परिक्रमा गरेका हुन्।
सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्किएका बख्तरबन्द गाडी चक्रपथ परिक्रमापछि फेरि सितापाइलामै पुग्ने सेनाले जनाएको छ। मुलकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास हुने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
नियमित भए पनि सो अभ्यासबारे सर्वसाधारणलाई समयमै जानकारी दिने हेतुले सेनाले त्यसबारे सूचना जारी गरेको थियो । सेनाले आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि यसखाले नियमित अभ्यास गर्दै आएको छ ।
सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भन्ने ध्येयले रातका समयमा उक्त अभ्यास गर्न लागिएको सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया