म्यानमारको सैन्य कू बारे नेपालको विज्ञप्ति- ‘गिरफ्तार गरिएकालाई तुरुन्त रिहा गर’

काठमाडौं । म्यानमारमा सोमवार भएको सैनिक ‘कु’ लाई लिएर नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै म्यानमार घटनालाई नजिकबाट नियालिरहेको पनि उल्लेख गरेको छ । नेपालले सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति र स्टेट काउन्सिलर आङ साङ सुकीको सुरक्षाको बारेमा समेत चासो व्यक्त गर्दै तत्काल रिहा गर्न आग्रह गरेको छ ।

सरकारले म्यानमारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्‍न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने विश्वास व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?