यस्ता पनि बाबु जसले आफ्नै पाँच वर्षीया छोरीलाई बलात्कार गरे

RSS
0
Shares

काठमाडौँ– पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३८ वर्षीय बुवालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले आफ्नै घरकोठामा गत शुक्रवार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा आइतबार उजुरी दिएकी थिइन् । कानूनबमोजिम कारवाही गर्न माग भएपछि पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार स्वास्थ्य परीक्षण गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

स्वास्थ्य परीक्षणपछि आज उजूरी दर्ता गरेर आरोपितलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?