भारतको यस बर्षको रक्षा बजेट १५ बर्षपछि सवैभन्दा धेरै

RSS
0
Shares

काठमाडौँ– भारतमा बर्ष २०२१-२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ ।

रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका छन् । अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेका छन् ।

रक्षाका लागि अहिले छुट्याइएको रकम १५ बर्षपछिकै सवैभन्दा धेरै भएको बताइएको छ । अधिकारीहरुका अनुसार अघिल्लो बर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रुपैया छुट्याइएको थियो । अर्थमन्त्री सितारमणले सोमबार भारतको केन्द्रीय सरकारको बार्षिक बजेट घोषणा गरेका छन् ।

भारतको यस बर्षको बजेट ४.७८ करोडको रहेको छ । “अघिल्लो बर्षको तुलनामा यस बर्ष रक्षाका लागि १९ प्रतिशत बजेट बृद्धि भएको छ, यो रकम १५ बर्षपछिकै सवैभन्दा धेरै हो,” रक्षामन्त्री सिंहले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?