काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भएको बताएका छन्।
सोमवार नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिन्ह फ्रिज गराउने सडयन्त्र भइरहेको बताएका छन् । निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरु उठाउन खोज्नुले षड्यन्त्र भइराखेको अनुभुति भएको बताए ।
केन्द्रीय कमिटीमा एक चौथाई सदस्य समेत नरहेको केपी ओली पक्षको आधिकारिकता हुनै नसक्ने दावी गर्दै अध्यक्ष नेपालले आफूहरु नै आधिकारिक भएको बताए । उनले भने, ‘निर्वाचन आयोगले यसबीचमा हामीलाई पत्र पठाएको छ र त्यो पत्रमा उसले आधिकरिकताका सवालहरु उठाउन खोजेको देखिन्छ । प्रष्ट के छ भने पार्टीको आधिकारिकता कोसँग रहन्छ केपी ओली जोसँग एक चौथाई केन्द्रीय सदस्य पनि छैनन त्योसँग पार्टीको आधिकारिकता हुन सक्दछ ? दावा गर्न मिल्छ ? त्यसो हुनाले सबै सवालहरुको बारेमा हामीले समुचित जवाफ दिनुपर्ने आवश्यकता छ । हरेक सडयन्त्र भइरहेका छन् कि पार्टीको आधिकारिकताको कसैलाई पनि नदिने, निर्वाचन चिन्ह कसैलाई पनि नदिएर फ्रिज गर्ने खालका ठूलो षडयन्त्रहरु भइरहेको छ ।’
विगतमा पनि यस्ता षडयन्त्रहरु भइरहेको तर निर्वाचन आयोगले कानून र यथार्थको आधारमा निर्णय गरेको नजिरहरु रहेकोले यसपटक पनि आयोगले निष्पक्ष निर्णय गर्ने विश्वास व्यक्त गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया