काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले संसद विघटनका विरुद्ध आन्दोलनमा जाने कुरामा कांग्रेसभित्र अलमल नभएको स्पष्ट पारेका छन्
संसद विघटनविरुद्ध कांग्रेसका विभिन्न भातृ संगठनले गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्न मोरङ पुगेका नेता पौडेलले त्यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाई आन्दोलनमा जाने निर्णय गरेको बताए । केही व्यक्तिहरुले कांग्रेसभित्र आन्दोलनमा जाने कुरामा अलमल रहेको बताए पनि त्यस्तो नभएको बताए ।
कांग्रेसले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको कांग्रेस आन्दोलनको लागि मैदानमा आइसकेको बताए ।
त्यस्तै संसद विघटनले नेपाली राजनीतिमा गम्भीर मोड आएको बताउँदै लोकतन्त्र र संविधान समेत रहने कि नरहने भन्ने कुरामा आशंका रहेको बताए ।
“नेपालको राजनीति एउटा गम्भीर मोडमा पुगेको छ । लोकतन्त्र रहन्छकी रहँदैन । यो संविधान रहन्छकी रहँदैन । बर्माको जस्तै फेरि अर्को घटना हुन्छकी । विभिन्न तानाबानाहरु बुनिन्छकी भनेर मान्छेहरुले अनुमान गरिरहेको स्थिती छ ।” उनले भने ।
त्यस्तै संसद विघटन विरुद्ध कांग्रेसले आन्दोलनलाई निरन्तरता दिनेमा ढुक्क बन्न समेत आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया