काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकमा २५ जना केन्द्रिय सदस्य अनुपस्थित भएका छन् ।
प्रचण्ड–नेपाल पक्षतिर पहिला २९५ जना सदस्य उपस्थित भएकोमा आज २७० जना सदस्य मात्र उपस्थित भएका थिए । अनुपस्थित २५ जना सदस्यमा ५ जना ओलीपक्षतिर गएको र बाँकी २० जना सदस्य वागमती प्रदेशसभाको बैठकका कारण काठमाडौं आउन नपाएको एक तर प्रचण्ड नेपाल पक्षकै सम्पर्कमै रहेको एक नेताले बताए ।
यसअघिको केन्द्रीय समिति बैठकमा सहभागी बनेका ५ जना सदस्य भने ओली पक्षतिर लागेका छन् ।
यसअघिको बैठकमा २९५ जना केन्द्रीय सदस्यको सहभागिता रहेको प्रचण्ड–नेपाल पक्षले दावी गरेको थियो ।
आजको बैठक केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्नेलगायतका निर्णय गर्दै सकिएको एक नेताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया