काठमाडौं । निकोलस पूरनको २६बलमा ८९ रनको सहयोगमा नार्दन वारियर्सले आबुधाबीमा टी १० क्रिकेट टूर्नामेण्टमा बंगला टाइगर्सलाई ३० रनले पराजित गरेको छ ।
जायद क्रिकेट स्टेडियममा छक्काको वर्षा भएको म्याचमा पूरनले मात्रै १२ छक्का र ३ चौका प्रहार गरे । उनको टीमले चार विकेटमा १६२ रन बनाए । यो टूर्नामेण्टको दोश्रो सर्वोच्च स्कोर हो ।
Turn the volume up for this one 🔊#AbuDhabiT10 | @nicholas_47 pic.twitter.com/n19M3J2F5G
— T10 League (@T10League) January 31, 2021
बंगला टाइगर्सका लागि कप्तान आन्द्रे फ्लेचरले २८ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५३ रन बनाए । यूएईका चिराग सूरीले ४२ रन बनाएर नटआउट रहे । तर टीमले १० ओभरमा मात्र ३ विकेट गुमाएर १३२ रन नै बनाउन सक्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया