काठमाडौं । म्यान्मारको सेनाले सोमवार देशकी सर्वोच्च नेता आङ सान सूकी समेत सत्ताधारी पार्टी नेशनल लीग फर डेमोक्रेशी (एनएलडी) का नेताहरुलाई पक्राउ गरेर सत्ता आफ्नो हातमा लिएको छ ।

साथै सेनाले एक वर्षको संकटकाल लगाएको छ ।

म्यान्मारको सेनाले संकटकालको घोषणा गर्दै सैन्य प्रमुख मिन आङ लाइङलाई सत्ता सुम्पिएको छ ।

सेना प्रमुखले संकटकाल सकिएपछि देशमा उचित र पारदर्शी तरिकाले चुनाव गराउने र जित्ने पार्टीलाई सत्ता हस्तान्तरण गर्ने बताएको छ ।

म्यान्मारको सेनाको नियन्त्रणमा रहेको च्यानल म्यावड्डी टिभीमा प्रसारित समाचारमा भनिएको छ, संकटकालको घोषणा गर्नुको कारण देशमा स्थिरता सुनिश्चित गर्ने रहेको बताएको छ ।

बयानमा नोभेम्बर महिनामा भएको चुनावमा धाँदलीको आरोप लगाउँदै चुनाव आयोगको पनि आलोचना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया