आफूहरु नै आधिकारिक रहेको प्रचण्ड-नेपाल पक्षको दाबी, आयोगलाई पत्र लेख्ने बैठकको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आफूहरु नै आधिकारिक पार्टी भएको बताएको छ ।

आज बसेको प्रचण्ड(नेपाल पक्षको केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्षबाट हटाइएका ओलीलाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ । त्यस्तै महासचिव विष्णु पौडेललाई पनि जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

त्यस्तै आफ्नो समूहसँग दुई तिहाइ केन्द्रीय सदस्य रहेको दाबी गर्दै उक्त समूहले निर्वाचन आयोगलाई पत्र लेख्ने बताइएको छ ।

निर्वाचन आयोगलाई आधिकारिक पार्टी आफूहरु रहेको जानकारी दिँदै पत्र लेख्ने निर्णय बैठकले गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

आजको बैठकबाट पार्टीले तेस्रो चरणको आन्दोलनलाई प्रभावकारी कार्यकर्ता पंक्तिलाई निर्देशन दिइएको समेत बताएको छ ।

त्यस्तै उपस्थितीका लागि आयोगले पठाएको पत्र प्राप्त भएको तर सबै आन्तरिक विषय खुलाएर आयोगलाई आधिकारिकता दिन पत्र लेख्ने निर्णय गरेको समेत प्रवक्ता श्रेष्ठले जानकारी दिए । साथै आफूहरु नै आधिकारिक रहेको सन्देश दिन हस्ताक्षरसहित निर्वाचन आयोग जाने तयारी गरेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?