काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्युहुनेको संख्या शुन्य रहेको छ भने अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार २९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २६४ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६६ हजार ६०० पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको छ ।
अहिलेसम्म नेपालमा २० लाख ७५ हजार १५२ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९७ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया