काठमाडौं । म्यान्मारमा सेनाले सोमवार फेरि सत्ता आफ्नो हातमा लिएको छ ।
१९४८ मा स्वतन्त्र भएपछि यो देशमा अधिकांश समय सेनाको शासन रह्यो । १९६२ मा सेनाले त्यहाँको सत्ता आफ्नो हातमा लिएको थियो ।
त्यो तानाशाहीबाट स्वतन्त्र बनाउने वाचा गरेर देशकी राष्ट्रपिता मानिने आङ साङकी छोरी आङ साङ सूकीले १९८८ मा लडाईं शुरु गरिन् ।
उनको नेतृत्वमा १९८९ मा हजारौँ मानिस लोकतन्त्रको माग गर्दै राजधानी यांगोनको सडकमा उत्रिएका थिए । सेनाको शक्तिको अगाडि उनको आन्दोलन कमजोर बन्यो । उनलाई नजरबन्मा राखियो ।

२२ वर्षसम्म म्यान्मारमा सेनाको शासन रह्यो । यसमा २१ वर्षसम्म उनी नजरबन्दमा रहिन् । अन्त्यमा २०११ मा उनको लडाई सकियो र सेनाको स्थानमा उनलाई चुन्दै जनताले देशको सत्ता सुम्पिए ।
सूकीको पार्टी नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) ले चुनावमा जित दर्ता गर्यो । संविधानका अनुसार उनी राष्ट्रपतिको चुनाव लड्न सक्दिन थिइन् । त्यसैले उनलाई स्टेट काउन्सलर बनाइयो । संसदमा सेनालाई हेर्नको लागि त्यसको प्रीतनिधि राखियो ।
२०१५ मा भएको दोश्रो चुनावमा पनि सूकीले धेरै ठूलो जित निकालिन् । तर कमजोर अर्थव्यवस्था, सरकारमा सेनाको वर्चश्व र रोहिंग्या मुस्लिमको मामिला सम्हाल्न नसकेपछि उनको लोकपियता कम हुदै गयो ।

यस्तो अवस्था आयो कि, १९८८ मा सेनाविरुद्ध लडाईंका लागि खडा भएका उनका कार्यकर्ता उनको नेशनल लीग फर डेमोक्रेसीको विरुद्ध खडा भए ।
२०१२ मा रखाइन प्रान्तमा गृह युद्ध जस्तै अवस्था भयो । त्यहाँ सेनाविरुद्ध रोहिंग्या मुसलमानविरुद्ध अत्याचारको आरोप लाग्यो । २०१७ मा लगभग ७ हजार रोहिंग्या मुस्लिमको मृत्यु भयो ।
अवस्था सम्हाल्नको लागि सरकारले केहि ठोस कदम उठाउन सकेन । यसको फाइदा सेनालाई भयो र उसले सरकार भन्दा मजबुत बन्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया