मन्त्रीको कारलाई टार्गेट बनाएर काबुलमा आतंककारी हमला

काठमाडौं । अफगानिस्तानको राजधानीका काबुलमा सोमवार बिहान फेरि एकपटक आतंककारी हमला भएको छ ।

यस हमला शान्ति मामिलाका राज्य मन्त्री खुशनूद नबीजादाको कारलाई टार्गेट बनाएर भएको थियो । कार ध्वस्त भएको छ । मन्त्री भने बल्लतल्ल त्यहाँबाट भागेर बच्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अहिलेसम्म हमलाको जिम्मेवारी कसैले लिएको छैन । सुरक्षा अधिकारीका अनुसार धमाका काबुलको समयानुसार बिहान ७ः२६ बजे भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?