ओडिशामा बस दुर्घटना : १० जनाको मृत्यु

काठमाडौं । भारतको ओडिशास्थित कोरापुटमा आईतवार राती भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । त्यस्तै १५ जना घाइते भएका छन् ।

मृतकमा पाँच जना महिला रहेका छन् ।

प्यासेन्जर्स ओडिशाको सिन्धिगुडाबाट छत्तीसगढ जाँदै थिए ।

उनीहरु शोक कार्यक्रममा सहभागी बन्न गएको बताइएको छ ।

फर्किंदा तीव्र गतिमा गाडी चलाइएको र अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?