पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफले लादेनसँग फण्डिङ लिएको खुलासा

काठमाडौं । अलकायदाका आतंककारी ओसामा बिन लादेनसँग पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले फण्डिङ लिने गरेको पत्ता लागेको छ ।

उनलाई लादेनको पूर्ण समर्थन रहेको कुरा पनि पत्ता लागेको हो ।

यो खुलासा संयुक्त राष्ट्रमा पाकिस्ताको पूर्व प्रतिनिधि र नवाज क्याबिनेटमा सहभागी बनेका आबिदा हुसैनले गरेका हुन् । उनले एक समय लादेनले नवाजको सहयोग गरेको बताएका थिए ।

नवाज तीन पटकसम्म पाकिस्तानका प्रधानमन्त्री बनिसकेका छन् ।

उनीविरुद्ध आतंककारीसँग आर्थिक सहयोग लिएको गम्भीर आरोप लागेको छ । यसको प्रयोग उनले काश्मीरमा आतंक फैलाउनका लागि गरेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?