काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
सोमवार अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका हुन् ।
सोमवार (आज) उनीविरुद्ध निवेदन पेश गरिएको छ भने भोलिका लागि पेशी तोकिएको छ ।
प्रचण्डले अदालत र न्यायाधीशहरुमाथि लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएको दाबीसहित सर्वोच्चमा निवेदन दर्ता गरिएको हो । निवेदनमा प्रचण्डविरुद्धमा १ वर्षको जेल सजाय र १० हजार जरिवानाको समेत माग गरिएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित सर्वोच्चका ४ पूर्व प्रधानन्यायाधीशहरु र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरिएको थियो । सर्वोच्चले सबै पक्षसँग लिखित जवाफ माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया