काठमाडौं । भारतले कोरोना खोपको विकास गर्न आर्थिक वर्ष २०२१/२२ का लागि ३५ हजार करोड भारतीय रुपैयाँ बजेट छुट्याएको छ ।
सोमवार नयाँ आर्थिक वर्षको बजेट वक्तव्यमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सो बराबरको बजेट विनियोजन गरेकी हुन् ।
वक्तव्यमा वित्तमन्त्री सीतारमणले भारतीय नागरिकको जीवनरक्षाका लागि दुईवटा भ्याक्सिनको विकास गर्ने बताइन् ।
भारतले विश्वका सय भन्दा बढी देशमा कोरोना दिने प्रक्रिया शुरु गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया