कोरोना भ्याक्सिन लगाएपछि पनि डेमोक्रेटिक सांसदको कोरोना रिपोर्ट पोजेटिभ

काठमाडौं । कोरोना भ्याक्सिन लगाएपछि पनि अमेरिकी डेमोक्रेटिक पार्टीका सांसद स्टीफन लिञ्चको रिपोर्ट पोजेटिभ आएको छ ।

उनी म्यासाचुसेट्सका सांसद हुन् ।

न्यूज एजेन्सीका अनुसार लिञ्चले फाइजर बायोएनटेकको कोरोना भ्याक्सिन लगाएका थिए ।

उनी २० जनवरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा भाग लिनुभन्दा पहिला भ्याक्सिन लगाएर गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?