सर्‍यो प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समितिको बैठक सारेको छ । सोमवार (आज) बिहान ११ बजेका लागि बोलाईएको बैठक दिउँसो १ बजेसम्मका लागि सरेको हो ।

स्रोतका अनुसार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

संसद विघटनविरुद्ध प्रचण्ड नेपाल पक्षले निरन्तर आन्दोलन गर्दै आइरहेको छ ।

उक्त पक्षले बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।

प्रचण्ड(नेपाल पक्षको यसअघि पुस ७–९ मा केन्द्रीय समिति बैठक बसेको थियो। यसअघि बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट हटाउँने निर्णय गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?