ओली र ज्ञानेन्द्रको कदम तुलना गर्दै प्रवक्ता शर्माले भने- यो ‘रातो प्रतिगमन’ विरुद्धको प्रदर्शन हो

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओलीले गरेको प्रतिनिधिसभा विगठनलाई ‘रातो प्रतिगमन’को संज्ञा दिएका छन् । प्रवक्ता शर्माले पूर्वराजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते गरेको सरकार विघटनलाई कालो प्रतिगमन र ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई रातो प्रतिगमनको संज्ञा दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले पूर्वराजा ज्ञानेन्द्र र ओलीको प्रतिगमनको तुलना गर्दै प्रतिगमनको रंग जुन भएपनी ढंग उहि हुने टिप्पणी गर्दै हरेक प्रतिगमनको नियति उहि हुने चेतावनी दिएका छन् ।

‘त्यो `माघ १९´/ यो `माघ १९´l त्यो कालो प्रतिगमन भएको दिन, यो रातो प्रतिगमन विरुद्धको प्रदर्शन l रंग प्रतिगमनको जुन भएपनि ढंग उही l अन्ततः बहिर्गमन हरेक प्रतिगमनको नियति उही,’ प्रवक्ता शर्माले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?