बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

हेटौँडा । बागमती प्रदेशसभाको बैठक सूचना टाँस गरी गित गरिएको छ । हिजो साँझ प्रदेशसभा सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित गरिएको जनाएका हुन्‌।

बैठक आउँदो फागुन ५ गतेसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ । ​”प्रदेश सभा वाग्मती प्रदेशको मिति २०७७ माघ १९ गते सोमवार दिनको २ः०० बजे बस्ने भनिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा मिति २०७७ फागुन ५ गते बुधवार दिनको २ः०० बजे बस्ने माननीय सदस्यज्यूहरुको जानकारीका लागि सादर अनुरोध गर्दछु”, सूचनामा लेखिएको छ।

यसअघि माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भएर स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?