एमाले, माओवादी र नयाँ शक्तिबीच ६ बुँदे सहमति, चुनावमा तालमेल, लगतै पार्टी एकता

काठमाडौं– नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी आगामी निर्वाचनका तालमेल गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यकर्ताले खचाखच भरिएको हलमा तीन पार्टीका अध्यक्ष हस्ताक्षर गरेका छन् । उक्त ६ बुँदे सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।गृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सम्झौतापत्र पढेर सुनाएपछि तीन नेताले हस्ताक्षर गरेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?