काठमाडौं । पोचुर्गलको संसदले शुक्रवार युथेनिशिया अर्थात् इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ ।
यसको पक्षमा १३६ भोट र बिरोधमा ७८ भोट आएको हो ।
यो प्रस्ताव पास् भएसँगै राष्ट्रपतिलाई प्रस्ताव पठाइएको छ ।
उनको हस्ताक्षरपछि अब यो कानून बन्नेछ ।
यसका साथै पोर्चुगल इच्छामृत्युलाई वैधानिकता दिने यूरोपको चौथो र विश्वको सातौँ देश बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया