काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथि भोलि (सोमवार) देखि सरकारका तर्फबाट बहस हुने भएको छ ।
संसद विघटनविरुद्ध सर्वोच्चमा दायर भएका १३ वटै रिटमाथि सरकारका तर्फबाट भोलिबाट बहस हुन लागेको हो ।
सर्वोच्चको संवैधानिक इजलासमा आज (आइतवार) सम्म नवौँ देखि १२ औँ रिटसम्मको बहस सकिएको छ ।
आज नवौँ रिटमाथि रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले आइतवार बहस गरेका थिए । त्यस्तै १९ औँ रिट निवेदक अधिवक्ता लोकेन्द्रबहादुर ओली, ११ औँ रिटका निवेदक कमलबहादुर खत्री र १२ औँ रिटका निवेदक मणिराम उपाध्यले बहस गरेका थिए ।
आज नै १३ औँ रिटमाथि बहस शुरु भएको छ । भने आज नै १३ औँ रिटमाथिको सुनुवाई सकिने बताइएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई अनुमोदन गरि मध्यावधी निर्वाचन घोषणा गरेसँगै त्यसको खारेजीको माग राख्दै १३ वटा रिट निवेदनहरु परेका छन् । त्यसको माघ ४ गते आइतवारबाट सर्वोच्चको संवैधानिक इजलासमा बहस भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया