सलमानको तलब : कति थियो पहिलो कमाई ? यसो भन्छन् अभिनेता

काठमाडौं । सलमान खान बलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेता मध्येका एक हुन् ।

उनका धेरैजसो फिल्मले बक्स अफिसमा रेकर्ड तोड्छन् ।

एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो पहिलो स्यालरी ७५ हजार रुपैयाँ भएको बताएका छन् ।

उनले भने, ‘मेरो साथी त्यहाँ डान्सका लागि गएको थियो, उसले नै मलाई त्यहाँ लिएर गएको थियो, त्यसपछि म क्याम्पा कोलामा काम गर्न थालेँ, त्यहाँ मैले ७५० रुपैयाँसम्म पाएँ, फेरि लामो समयपछि १५०० रुपैयाँ पाएँ, त्यस्तै मैले मैँने प्यार किया मा ३१ हजार रुपैयाँमा साइन गरेको थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?