क्यालिफोर्नियामा रहेको ६ फीट अग्लो गान्धीको मूर्ति तोडफोड

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा एक महिना भित्र दोश्रो पटक महात्मा गान्धीको प्रतिमाको अपमान गरिएको छ । केहि दिन पहिला मात्रै क्यालिफोर्नियाको एक पार्कमा रहेको गान्धीको प्रतिमा तोडफोड गरिएको हो ।

त्यो स्थानबाट मूर्ति उखेलेर अन्यत्र लगेर फालिएको समेत बताइएको छ ।

अमेरिकामा रहेका भारतीयले यसको अनुसन्धान गर्न माग गरेका छन् ।

डिसेम्बरमा पनि वाशिंगटन डीसीमा रहेको भारतीय दूतावास अगाडिको गान्धीको प्रतिमा खालिस्तानी समर्थकले तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?