बाइडेनले फेरि उल्टाए ट्रम्पको अर्को महत्वपूर्ण निर्णय

काठमाडौं । अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले प्राइभेट जेल चलाउने नियम बन्द गरेका छन् ।

यसै क्रममा उनले अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाको बेला बनाइएको कानूलाई पूर्व राष्ट्रपति ट्रम्पले परिवर्तन गरेका कानून बदलेका हुन् । देशमा केहि संगठन र एक्टिभिस्ट लामो समयदेखि प्राइभेट जेल बन्द गर्ने माग गरिरहेका थिए ।

निजी जेलमा हिंसाको घटना धेरै भएको बताइएको छ । न्याय विभागको २०१६ को रिपोर्टका अनुसार सरकारी जेलको तुलनामा प्राइभेट जेलमा कैदीहरुबीच प्रतिष्पर्धा हुने गरेको र अहिले यो घटना २८ प्रतिशतले बढेको बताइएको छ ।

यसअघि पनि बाइडेनले ट्रम्पले गरेका १५ निर्णयहरु उल्टाएका थिए । जसमा ब्रेजिक्ट सम्झौतासहित, डब्ल्यूएचओसँगको सहकार्य, एच-वानभी भिसा जसता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?