काठमाडौं । संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल धर्नामा बसेका छन् ।
आइतवार बिहान अध्यक्षद्वय माइतीघर मण्डलामा धर्नामा बसेका हुन् ।

संसद विघटनको विरोधमा उक्त पक्षले माघ १३ गतेबाट दोस्रो चरणको आन्दोलनको घोषणा गरिहेको छ । माघ १४ गतेबाट २१ गतेसम्म प्रदेश तथा संघीय सांसदहरु नियमित २ घण्टा माइतीघरमा आन्दोलन गरिरहेका छन् । यसैक्रममा आज प्रचण्ड(नेपाल सहितका नेताहरु उनीहरु धर्नामा सहभागी भएका हुन् ।
संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उपस्थित नेताहरुको भनाइ रहेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै त्यसलाई अलोकतान्त्रिक ठहर गर्दै चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया