बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।

साताको अन्तिम दिन शुक्रवार छापावाला सुनको प्रतितोला मूल्य ९२ हजार रहेको थियो । भने आज सुनको मूल्य तोलामा १ सयले बृद्धि भइ प्रतितोला सुन ९२ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ ।

शुक्रवार प्रतितोला चाँदीको मूल्य १२ सय ८५ रुपैयाँ रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी तोलामा १३ सय २० रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?