संसद विघटनविरुद्ध प्रचण्ड र नेपालसहितका नेताहरुले माइतीघरमा धर्ना दिने

काठमाडौं । संसद विघटनको विरुद्धमा प्रदर्शन गरिरहेको नेकपा प्रचण्ड-नेपाल पक्षले आज माइतिघर मण्डलामा धर्ना दिने भएको छ ।

माघ १३ गतेबाट संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको प्रचण्ड नेपाल पक्षले माघ १७ गतेबाट उपत्यका बाहिरका कार्यक्रमहरु सकाएको छ ।

माघ १४ गतेबाट २१ गतेसम्म प्रतिनिधि तथा प्रदेश सभाका सांसदहरुले धर्ना दिइरहेका छन् । आजको धर्ना कार्यक्रममा प्रचण्ड-नेपाल पक्षमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत सहभागी हुने नेता विष्णु रिजालले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?