दिल्लीमा रहेको इजरायली दूतावास अगाडि धमाका : ४५ हजार मोबाइल फोन एक्टिभ थिए

काठमाडौं । इजरायली दूतावास अगाडि शुक्रवार साँझ भएको ब्लास्टको समय आसपासको क्षेत्रमा ४५ हजार मोबाइल फोन एक्टिभ रहेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले यसको जानकारी दिएका छन् ।

जाँच गरिरहेको टीमलाई त्यहाँको मोबाइल टावरबाट यो डेटा मिलेको बताइएको छ । तर धमाका गराउनेले फोन बोकेका थिए वा थिएनन् भन्ने बारेमा केहि पत्तो लागेको छैन ।

इजरायली दूतावासले भने यो धमाका आतंकी हमला भएको बताएको छ ।

साइबर सेल अहिले टेलीग्राम अकाउण्टको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?