पाकिस्तानले मार्चसम्म कोरोना भ्याक्सिनको ६० लाख डोज पाउने

काठमाडौं । कोरोनाको दोश्रो लहर झेलिरहेको पाकिस्तानमा अहिलेसम्म कोरोना भ्याक्सिनेशन शुरु भएको छैन ।

पाकिस्तानको ड्रग रेगुलेटरी अथोरेटीले चीनको सिनोफार्म, अक्सफोर्ड-एस्ट्राजेनेका र रुसको स्पुटनिक भी भ्याक्सिनलाई आपतकालनि प्रयोगको अनुमति दिएको छ ।

पाकिस्तानले प्लानिंग एण्ड डेभलेभमेण्ट मिनिस्टर असद उमरले शनिवार २०२१ को फर्स्ट हाफबाट एस्ट्राजेनेकाको भ्याक्सिनको १.७ करोड डोजको सप्लाई शुरु हुने बताएका छन् ।

उनले सोसल मिडियामा यसको बारेमा बताएका छन् । देशलाई भ्याक्सिनको ६० लाख डोज मार्चमा उपलब्ध हुने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?