भुलवस श्री ५ को सरकार भन्न पुगेको भन्दै मन्त्री थापाले मागे क्षमा याचना

काठमाडौं । विघटित प्रतिनिधि सभाका खानेपानी मन्त्री मणी थापाले शनिवार सुर्खेतको कार्यक्रममा भुलवस श्री ५ को सरकार भनेकोप्रति क्षमायाचना गरेका छन् ।

शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भेलालाई सम्बोधन गर्न मन्त्री थापा सुर्खेत पुगेका थिए ।

सम्बोधनको शुरुमा नै मन्त्री थापाले भनेका थिए, “सुर्खेतका आदरणीय जनसमुदायहरु म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा… य सरि नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईहरुलाई लाल सलाम भन्न चाहान्छु ।”

आइतवार सामाजिक सञ्जालमा लेख्दै मन्त्री थापाले आफूले नेपाल सरकार भन्न खोजेको तर भुलवस झुक्किएर श्री ५ को सरकार भन्न पुगेको बताए ।

“शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ ।” उनले भने ।

साथै आफ्नो राजनीतिक जीवन क्रान्ति र परिवर्तनमा बिताएकोले पश्चगमनको पक्षमा साथ नहुने बताए । साथै भुलवस शब्दहरु प्रयोग भएको भन्दै क्षमा याचना गरे ।

“मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।” उनले भने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?